लटीनाथ एग्रो कम्पनी लिमिटेडमा स्वागत छ | WELCOME TO LATINATH AGRO COMPANY LIMITED

नेपालमा कृषिको आधुनीकरण गर्दै व्यवसायिक कृषि विकाशका लागि नेपाली उद्यमीहरु मिलेर लटिनाथ एग्रो कम्पनी लिमिटेड वि.सं. २०७८ साल माघ महिनामा स्थापना गरिएको हो । यो कम्पनीले नेपालमा आधुनीक ढंगले कृषि उत्पादन वृद्धि गरी यसको व्यवसायिक विकाश गर्नेछ । कम्पनीले पहिलो चरणमा जलविद्युत कम्पनीहरुसँग मिलेर कफि खेती, जडिबुटी खेती गरी उत्पादन बजारमा ल्याई विक्री गरी लाभ आर्जन गर्नेछ ।                  

पशुपालनमा बाख्रापालन गरी मासु उत्पादन र बिक्री गर्ने कार्य सुरु गरिएको छ । दोश्रो चरणमा कृषिजन्य उद्योगहरु स्थापना र संचालन गर्ने, उन्नत जातको बिउको खेती गरी प्रशोधन गर्ने कामहरु ग्र्नेछ । कम्पनीले खाली र प्रयोग विहिन रहेका जग्गाहरु भडामा लिएर अधिराज्य भरि आफ्नो कृयाकलापहरु विस्तार गर्नेछ ।