अपि पावर कम्पनी लिमिटेडका संस्थापकहरुद्वारा प्रवर्द्धित यस लटिनाथ एग्रो कम्पनी लिमिटेड मिति २०७८ माघ २७ गतेका दिन कम्पनी रजिष्ट्रारकाे कार्यालयमा दर्ता भएको हो । कम्पनीको दर्ता नं २८३७१३/०७८/०७९ रहेको छ । कर प्रायोजनको लागि कम्पनी आन्तरिक राजश्व कार्यालय, त्रिपुरेश्वरमा दर्ता भएको छ । कम्पनीको स्थायी लेखा नं ६१०२१३७३९ रहेको छ ।
व्यवसायिक कृषि गर्ने उद्देश्यले स्थापित यस कम्पनीको उद्देश्य देहाय बमोजिम रहेको छ ।
नेपालमा कृषिको आधुनीकरण गर्दै व्यवसायिक कृषि विकासका लागि नेपाली उद्यमीहरु मिलेर लटिनाथ एग्रो कम्पनी लिमिटेड वि.सं. २०७८ साल माघ महिनामा स्थापना गरिएको हो । यो कम्पनीले नेपालमा आधुनीक ढंगले कृषि उत्पादन वृद्धि गरी यसको व्यवसायिक विकास गर्नेछ । कम्पनीले पहिलो चरणमा जलविद्युत कम्पनीहरुसँग मिलेर कफि खेती, जडिबुटी खेती गरी उत्पादन बजारमा ल्याई विक्री गरी लाभ आर्जन गर्नेछ ।
पशुपालनमा बाख्रापालन गरी मासु उत्पादन र बिक्री गर्ने कार्य सुरु गरिएको छ । दोश्रो चरणमा कृषिजन्य उद्योगहरु स्थापना र संचालन गर्ने, उन्नत जातको बिउको खेती गरी प्रशोधन गर्ने कामहरु गर्नेछ । कम्पनीले खाली र प्रयोग विहीन रहेका जग्गाहरु भडामा लिएर अधिराज्य भरी आफ्नो कृयाकलापहरु विस्तार गर्नेछ ।
स्थानीय कृषकहरुलाई सहयोग दिई र साझेदार बनाई उहाँहरुलाई एकलमा वा समूह बनाई काम गर्ने अवसर प्रदान गरिनेछ । उत्पादन बिक्रिबाट हुने लाभ सबै कृषकहरुमा पुग्ने व्यवस्था गरिनेछ । यसबाट नेपाल कृषि उत्पादनमा आत्मनिर्भर भई देशबाट विदेशी मुद्रा बाहिरिने प्रचलनको अन्त्य हुनेछ भन्ने आशा लिएका छौ ।
आधुनिक कृषि विकासका लागि सरकारी नीजि साझेदारी मोडेल बनाई काम गर्ने हाम्रो चाहाना हो । जनतालाई प्रत्यक्ष लाभ हुने कृषि कार्यको लागि शिक्षा तथा तालिम शिप विकास आदि काममा लागेर लाभ आर्जन गर्न सबैमा हातेमालो गरेर अघि बढ्न लटिनाथ एग्रो कम्पनी लिमिटेड हार्दिक अनुरोध गर्दछ । नेपाली दाजुभाई तथा दीदिबहिनीहरुको रचनात्मक सुझाव र सल्लाहहरु सदैव स्वागत गर्दछौ ।